२२ जेठ २०८३, शुक्रबार

शुल्क सार्वजनिक गर्न अस्पताललाई सरकारको अल्टिमेटम

फागुन २२, २०७४
शुल्क सार्वजनिक गर्न अस्पताललाई सरकारको अल्टिमेटम

काठमाडौं, २२ फागनु– उपचारकाक्रममा स्वास्थ्य संस्थाले मनोमानी शुल्क लिनेक्रम बढेपछि स्वास्थ्य मन्त्रालयले अस्पताल, मेडिकल कलेज एवं नर्सिङ होमलाई सात दिनभित्र सेवाशुल्कको सूची सार्वजनिक गर्न निर्देशन दिएको छ । 

मन्त्रालयले स्वास्थ्योपचारमा लाग्ने शुल्क अनिर्वाय रुपमा सार्वजनिक गर्न निर्देशन दिँदै सरकारी तथा निजी अस्पताललाई सेवाग्राहीसँग लिने गरेको शुल्कसहितको विवरण बुझाउन सोमबार पत्राचार गरेको हो । 

आधा दर्जन सरकारी अस्पतालसहित सहकारी  र निजी अस्पताललाई पनि पत्राचार गरेको स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख एवं शुल्क निर्धारण कार्यादलका संयोजक डा. भोलाराम श्रेष्ठले बताए, अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्