१९ असार २०८३, शुक्रबार

ओली सरकारमा सहभागी हुने फोरमको औपचारिक निर्णय

फागुन २२, २०७४
ओली सरकारमा सहभागी हुने फोरमको औपचारिक निर्णय

काठमाडौं, २२ फागुन- संघीय समाजवादी फोरम नेपाल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने भएको छ ।

मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

अब एमाले-माओवादीसँग बसेर मन्त्रालय टुंगिएपछि सरकारमा जाने नेताहरूको नाम तय गर्ने निर्णय भएको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

'सरकारमा सहभागी हुने निर्णय गरेका छौँ, मन्त्रालयको विषयमा टुंगो लागेपछि सरकारमा सहभागी हुने नेताहरूको नाम टुंगो लगाउँछौं,' सहअध्यक्ष श्रेष्ठले लोकान्तरसँग भने ।

फोरम पार्टी अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा सहभागी हुने सम्भावना छ । उपेन्द्रले परराष्ट्र मन्त्रालय पाउने सम्भावना प्रवल रहेको स्रोतले बतायो ।

salt training

कमेन्ट गर्नुहोस्