२३ असार २०८३, मंगलबार

कांग्रेसलाई संसदबाट माधव नेपालले भने- अतिवादी बन्नु जरुरी छैन

फागुन २२, २०७४
कांग्रेसलाई संसदबाट माधव नेपालले भने- अतिवादी बन्नु जरुरी छैन

काठमाडौं, २२ फागुन- प्रतिनिधिसभाको बैठकमा मंगलवार प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् ।

बैठकको शुरुमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सम्बोधन गरे ।

बैठकको विशेष समयमा सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन गर्न वर्तमान सरकारको महत्वपूर्ण भूमिका हुने बताए । नेपाली कांग्रेसले विगतमा पटक–पटक सरकारको नेतृत्वको अवसर पाएकोले वामपन्थी सरकारलाई सहयोग गर्न सुझाव दिए ।

संसदीय व्यवस्थामा प्रतिपक्षले आत्तिएर शुरुदेखि नै विरोध गर्छु भन्ने कुरा गलत हुने बताए । ‘चुनाव जितेकोले अहंकार राख्नु हुँदैन, प्रतिपक्षले पनि शुरुदेखि विरोध गर्छु भनेर अतिवादी दृष्टिकोण राख्नु जरुरी छैन,’ नेपालले भने ।

उनले कांग्रेस आत्तिनु नपर्ने बताए । 'यो देशले कोल्टे फेर्न खोजेको छ, वामशक्ति भन्नेवित्तिकै आत्तिनु पर्दैन, अधिनायकवादको आउँदैन,' नेपालले भने, 'निर्वाचन नगरेर बसेकोबसै गर्छन् कि ? भनेर चिन्त गर्नु जरुरी छैन । कम्युनिष्टहरू विधिको शासन र कानूनी शासनमा विश्वास गर्छन् ।'

salt training

कमेन्ट गर्नुहोस्