
काठमाडौं २२ फागुन–नेपाली कांग्रेसका सभापति एवम् संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारले गर्ने काम हेरेर प्रतिपक्षी दलको भूमिका निर्वाह हुने बताएका छन् ।
आइतवार प्रतिनिधिसभाको बैठकमा सम्वोधन गर्दै कांगेस सभापति देउवाले देशको आर्थिक विकास र समृद्धि हासिल गर्ने सरकारको काममा आफूहरुको समर्थन रहने बताएका हुन् ।
देउवाले संविधानका आधारभूत संरचना परिवर्तन नहोस भन्दै त्यस्तो कार्य आफूहरुका लागि स्वीकार्य नहुने बताए । ‘सत्ता पक्षले कसरी काम गर्छ भन्ने कुराले हाम्रो भूमिका निर्वाह हुनेछ,’ देउवाले भने ।