काठमाडौं, २२ फागुन — बलिउड अभिनेता रणवीर सिंहलाई अहिले सबै निर्देशकले आफ्नो फिल्ममा खेलाउन चाहिरहेका छन् । करण जोहरले रणवीरलाई धर्मा प्रोडक्सनको एक फिल्मका लागि साइन गरेका छन् ।
करणले आचार्य रजनीश ओशोको जीवनीमा आधारित एक फिल्म बनाउने भएका छन् र ओशोको भूमिका निर्वाह गर्नका लागि उनले रणवीर सिंहलाई कास्ट गरेका छन् । जीवनीको निर्देशन शकुन बत्राले गर्नेछन् ।
फिल्म ठूलो बजेटमा बन्नेछ । जीवनीलाई हिन्दीसहित अन्य भाषाहरूमा बनाएर अन्तर्राष्ट्रिय स्तरमा सार्वजनिक गरिनेछ । करण जोहरले यसअघि पनि रणवीर र रोहित शेट्टीका साथ फिल्म राम लखनको रिमेकको घोषणा गरेका थिए तर पछि यो प्रोजेक्ट अघि बढेन ।
ओशोले जीवनभरि बहादुरीपूर्वक रूढिवादी धर्महरूको आलोचना गरेका कारण विवादमा रहिरहे । उनी एक रहस्यदर्शी आध्यात्मिक शिक्षक थिए ।
मानव कामुकताका विषयमा खुला विचार राख्नुपर्ने उनको मान्यता थियो ।
एजेन्सी