०७ साउन २०८३, बिहीबार

कांग्रेस र फोरमको बीचमा राजपा, संसदमा बल्ल पायो राजपाले सीट !

फागुन २२, २०७४
कांग्रेस र फोरमको बीचमा राजपा, संसदमा बल्ल पायो राजपाले सीट !

काठमाडौं २२ फागुन–राष्ट्रिय जनता पार्टी (राजपा)ले संसदमा विपक्षी बेञ्चको अघिल्लो पक्तिमा सीट पाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांगेस र संघीय समाजवादी फोरमको बीचमा राजपाले स्थान पाएको हो । 

सांसदहरुको शथप को दिन अघिल्लो बेञ्चमा सीट नपाएको भन्दै राजपा सांसदहरुले विरोध जनाएका थिए । विपक्षी बेञ्चमा कांग्रेस र फोरमले सीट ओगटेपछि राजपाका सांसदहरु पछिल्लो बेञ्चमा गएका थिए ।

शपथको दिन विपक्षी बेञ्चको अघिल्लो पक्तिमा कांग्रेसका तीन र फोरमका दुई सांसद बसेका थिए । 

मंगलवारको प्रतिनिधिसभा बैठकमा भने कांग्रेस, फोरम र राजपा एउटै बेञ्चमा बसेका हुन् । यसअघि फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ बसेको सीटमा मंगलवार राजपाका राजेन्द्र महतो बसेका थिए । 

फोरम सरकारमा सहभागि भएमा विपक्षी बेञ्चको अघिल्लो पंक्तिमा कांग्रेसका तीन र राजपाका दुई सांसद बस्नेछन् ।

संसदको बैठक कक्षका दायाँ र बाँया छेउका दुईवटा रो यसपटक खाली गरिएको छ । एउटामा विशिष्ट व्यक्ति र अर्कोमा पत्रकारलाई राख्ने सचिवालयको तयारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्