०५ असार २०८३, शुक्रबार

एमाले–माओवादी पार्टी एकता ९ बैशाखमा

फागुन २५, २०७४
एमाले–माओवादी पार्टी एकता ९ बैशाखमा

काठमाडौं, २५ फागुन– बुधबार बसेको अन्तरिम विधान तथा संगठनसम्बन्धी कार्यदलको बैठकले दुवै पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डलाई ब्रिफिङ गर्ने निर्णय गरेको छ ।  कार्यदलका संयोजक रामबहादुर थापा बादल र ईश्वर पोखरेलले एकता घोषणासभाको मितिबारे दुवै नेतालाई ब्रिफिङ गर्नेछन् । 

एमाले र माओवादीले आगामी ९ बैशाख अर्थात् २२ अप्रिलमा पार्टी एकता घोषणा गर्ने गरी तयारीको काम अघि बढाएका छन् । एकीकृत पार्टीको अन्तरिम विधान र संगठनसम्बन्धी गृहकार्यका लागि गठित कार्यदलमा नेताहरुबीच कम्युनिस्ट पार्टी स्थानाकै दिन पारेर एकता घोषणा गर्ने मोटामोटी समझदारी भएको हो, नयाँ पत्रिकामा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्