
काठमाडौं, २५ फागुन– विभिन्नखाले कडा प्रकारका रोग लागेका विरामीको संख्या वृद्धि हुँदै गएपछि सरकारलाई यसको उपचारका लागि दिने अनुदान बजेटको दाहित्वसमेत वृद्धि हुँदै गएको छ ।
रोगीको संख्या वृद्धिसँगै कडा भनी निर्धारण गरिएका आठ वटा रोगको उपचार सहायताका लागि सरकारले बर्सेनि बजेट वृद्धि गर्दै लगेको देखिन्छ । गत वर्षको तुलनामा मुटुरोग, मिर्गौलारोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, र सिकलसेल एनिमियाका लागि यो वर्ष २५ करोड रुपैयाँ वृद्धि गरेको छ, कारोबारमा खबर छ ।