२१ जेठ २०८३, बिहीबार

मलामी गएका बालक नदीमा बेपत्ता

फागुन २५, २०७४
मलामी गएका बालक नदीमा बेपत्ता

बैतडी, २५ फागुन- मलामी गएका बैतडीका एक बालक महाकाली नदीमा बिहीबार डुबेर बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा शिवनाथ गाउँपालिका–६ बसेडीका १२ वर्षीय उत्तमसिंह धनाडी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । आफन्तको मलामी गएका बेला शिवनाथ गाउँपालिका–१ खाँणघाटमा पौडी खेल्दा बिहीबार दिउँसो १ः३० बजे महाकालीमा बेपत्ता भएका हुन् । 

बेपत्ता बालकको खोजी कार्य जारी रहेको छ । प्रहरी चौकी महाकालीबाट खटिएको प्रहरीको एक टोलीले बेपत्ता बालकको खोजी गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्