२० असार २०८३, शनिबार

भारतमा भएकाे सडक दुर्घटनामा जाजरकोटका हरिबहादुरको मृत्यु

फागुन २५, २०७४
भारतमा भएकाे सडक दुर्घटनामा जाजरकोटका हरिबहादुरको मृत्यु

जाजरकोट, २५ फागुन-यहाँको नलगाड नगरपालिका–८ स्वाँराका हरिबहादुर विकको ट्र्याक्टर दुर्घटनामा परी बिहीबार बेलुका मृत्यु भएको छ । 

भारतको उत्तर प्रदेशस्थित रुद्रप्रयाग गढवालमा घर निर्माणका लागि ट्र्याक्टरमा ढुंगा राखी ट्र्याक्टर चलाएर आउँदा दुर्घटना परी विकको मृत्यु भएको हो । विक दुई महिना अघि मात्र कामको खोजीमा भारत गएका थिए । 

उनका श्रीमतीसहित एक छोरा र एक छोरीका साथै ६५ वर्ष नाघेका बाबा, आमासमेत रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्