०२ असार २०८३, मंगलबार

प्रदेश ४ का मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै

फागुन २५, २०७४
प्रदेश ४ का मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै

पोखरा, २५ फागुन– प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।

उनले दिउँसो एक बजे विश्वासको मत लिने कार्यसूचि प्रदेशसभा सचिवालयले तयार गरेको छ । माघ २८ गते एमाले संसदीय दलको नेतामा निर्वाचित गुरुङ २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

६० सदस्य रहेको प्रदेश ४ मा एमालेका २७ माओवादीका १२, कांग्रेसका ११, जनमोर्चाका ३ र नयाँ शत्तिका २ सदस्य रहेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्