
काठमाडौं, २५ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि शुक्रबार सुनुवाइ हुने भएको छ । सांसद पदको शपथ नलिइकन प्रधानमन्त्रीमा नियुक्त भएको भन्दै ओलीविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।
ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै बुधबार यज्ञमणी न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्री पद सम्हालेको रिट निवेदनमा उल्लेख छ ।
एमाले अध्यक्ष ओलीले फागुन ३ गते प्रधानमन्त्रीको शपथ लिएका थिए भने फागुन २० गते प्रतिनिधिसभाको सदस्यको शपथ लिएका थिए ।