२१ जेठ २०८३, बिहीबार

सिन्धुलीः बजारदेखि गाउँसम्म हात्ती आतंक

फागुन २५, २०७४
सिन्धुलीः बजारदेखि गाउँसम्म हात्ती आतंक

सिन्धुली, २५ फागुन– सिन्धुलीमा झण्डै एक महिनादेखि जंगली हात्ती मानवीय बस्ती नजिक बसोबास गर्दा सर्वसाधारण त्रसित बनेका छन् । दिनभर जंगलमा बसोबास गर्ने र रातको समयमा मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण त्रसित बनेका हुन् । 

रातको समयमा जंगल र साँझ परेपछि मानव बस्तीमा प्रवेश गर्दा सर्वसाधारण हात्तीको डर त्रासमा नै रातभर जाग्राम बस्न बाध्य रहेका छन् । बिहीबार बिहान सिन्धुलीको बजार क्षेत्रमा देखा परेका पाँचवटा हात्ती गए रातिदेखि फर्किएका छन् । 

कमलामाई नगरपालिकाको बजार क्षेत्र, धुराबजार, चिसापानी, बोझे, राजपानी, ढकालगाउँ आसपासका जंगलमा बसेका हात्ती गएराति पुनः माइस्थानतर्फ फर्किएको जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले जनाएको छ ।

दिनभर सदरमुकाम वरपर रहेका हात्ती राति फर्कने क्रममा भिमानमा एक घरमा क्षति पु¥याएको भन्ने जानकारी आएको र सो स्थलमा अहिले प्रहरीको टोली पठाइएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । प्रहरी टोली पुगेपछि क्षतिको विवरण आउने उहाँको भनाइ रहेको छ ।

पाँचवटाको बथानमा रहेका हात्ती अहिले फर्कने क्रममा रहेका र सर्वसाधारण नागरिकलाई सतर्कता अपनाउन र सुरक्षा प्रदान गर्न टोलीसमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।

सिन्धुलीमा हात्ती आएदेखि अहिलेसम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा वन कार्यालयका कर्मचारीको टोलीले हात्ती प्रवेश गरेको स्थलको प्रत्यक्ष अवलोकन र नागकिलाई हात्ती आएको सूचना प्रवाह गर्दै आएको समेत उहाँले जानकारी दिनुभयो ।

आज बिहान हात्ती कमलामाई नगरपालिकामा पर्ने हात्तीसारबाट पातीपरान भन्ने ठाउँको जंगलतर्फ लागेको जानकारी आएको समेत उहाँले जानकारी दिनुभयो । पातीपरानको जंगल हँुदै हात्ती महोत्तरीतर्फ जानसक्ने अनुमान गरिएको छ ।

यसैबीच, जंगली हात्तीले कमलामाई नगरपालिका–८ मा दुईवटा घर भत्काएको छ । केही दिनदेखि जंगल क्षेत्रमा बस्दै आएका हात्तीको समूहले कमलामाई नगरपालिका–८ निवासी अशोक माझी र दिलकुमार मगरको घर भत्काएको प्रहरीले बताएको छ । हात्तीले माझी र मगरको घरमा रहेको अन्नपात खानुका साथै नष्ट पारेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले बताएको छ । 

दिउँसो जंगलमा बसेका हात्ती साँझको समयमा गाउँ पस्ने गर्दछन् । विगत केही वर्षदेखि कमलाखोँच क्षेत्रमा जंगली हात्ती बेलाबेलामा निस्कने र बस्तीमा पसी स्थानीयलाई त्रसित पार्ने गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिकाका तीनतले, पातीपरान, रानीवास क्षेत्रमा हरेक वर्ष हात्ती आउने गर्दछन् । 

हात्ती नियन्त्रणका लागि सम्बन्धित निकायले खासै चासो नदेखाएको सर्वसाधारण नागरिकले बताउने गरेका छन् । अघिल्ला वर्षमा हात्तीले जनधनको क्षति गरेपनि यस वर्ष अघिल्ला वर्षको तुलनामा कम क्षति गरेको बताइएको छ ।

अघिल्लो वर्ष रानीवास क्षेत्रमा घर, गोठ भत्काउनुका साथै बारीमा लगाएको कोदो, खेतमा लगाएको धानबालीमा क्षति पु¥याएका थिए । गत वर्ष पनि सिन्धुलीको रानीवास क्षेत्रमा आएका चारवटा हात्तीले ठूलो परिमाणमा धन तथा अन्नपातको क्षति गरेको थियो ।रासस

salt training

कमेन्ट गर्नुहोस्