०९ असार २०८३, मंगलबार

ओलीको प्रतिबद्धता : देश र जनताको अहित हुने कुनै काम नगर्ने

फागुन २५, २०७४
ओलीको प्रतिबद्धता : देश र जनताको अहित हुने कुनै काम नगर्ने

काठमाण्डौ,२५ फागुन– प्रधानमन्त्री केपीशर्मा ओलीले देश र जनताको अहित हुने कुनै पनि काम नगर्ने बताएका छन् ।

देशभक्त जन गणतान्त्रिक मोर्चाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले अहिले जनपक्षीय, देशभक्त र लोकतान्त्रिक सरकार भएकोले यसले सबै जनतालाई अवसर र सुरक्षाको प्रत्याभुती गराउने बताए । ‘सरकारले सम्मानित जीवन ज्यून

पाउने अवस्था सबै नागरिकलाई उपलब्ध गराउछ,’ प्रधानमन्त्री ओलीले भने, ‘भौगोलिक अखण्डता र राष्ट्रियताको रक्षा सरकारका प्राथमिकता हुन् ।’

सामाजिक विद्वेश भड्काउने, घृणाको खेती गर्ने, द्वन्द्व मच्चाउन तत्वहरुसँग सजग हुनु पर्ने प्रधानमन्त्री ओलीले धारणा राखे । ‘नेपाल कसैको खेल मैदान होइन,’ ओलील्े भने, ‘अब यहाँ सद्ध्भावमा आधारित लोकतन्त्र स्थापित हुन्छ ।’

प्रधानमन्त्रीओलीले यसपालीको निर्वाचनमा जनताले स्थीरता र स्थायीत्वका लागि मतदान गरेको बताउँदै जनमतको कदर गर्न आफू सचेत रहेको बताए । ज्ञापन पत्र लिएर आएको सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक

मोर्चाको टीमलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘केही वर्ष पछि यस्ता ज्ञापनपत्र लिएर हिड्नु पर्ने दिन अन्त्य हुन्छन् ।’

salt training

कमेन्ट गर्नुहोस्