
काठमाडौं, २५ फागुन — चिनियाँ वैज्ञानिकहरूले मकैका ठूला दाना फलाउन मद्दत गर्ने एक जीन पत्ता लगाएका छन् ।
जीनको नाम अर्ब२ हो र यो दानाको वृद्धिका लागि महत्त्वपूर्ण रहन्छ । हेनान कृषि विश्वविद्यालय र चाइनिज एकेडमी अफ एग्रिकल्चरल सायन्सेजको अनुसन्धानले यो पत्ता लगाएको हो ।
यो अनुसन्धान परिणामले मकै उत्पादन बढाउन मद्दत गर्नेछ र मकै फलाउने विषयसँग सम्बन्धित अध्ययनको लागि आधार बनाउनेछ, अनुसन्धान टोलीका प्रमुख ताङ जिहुआले बताए ।
अनुसन्धान परिणाम न्यु फाइटोलोजिस्ट जर्नलमा प्रकाशित भएको छ ।
सिन्ह्वा