
काठमाडौँ, २६ फागुन-एकीकृत पार्टीको अन्तरिम विधान तथा संगठनको ढाँचा तय गर्न गठित कार्यदलले १७ अध्याय र ७७ दफा रहेको अन्तरिम विधान छलफलका लागि प्रस्ताव गरेको छ ।
एमाले र मओवादी नेता सम्मिलित कार्यदलको शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकले एकीकृत पार्टीको मस्यौदा विधान छलफलका लागि प्रस्ताव गरेको हो ।
विधानको प्रस्तावनादेखि सबै दफाको मस्यौदा बने पनि केन्द्र, प्रदेश, जिल्लालगायतको सांगठनिक संरचना कति सदस्यीय रहने उल्लेख छैन । बैठकले एमाले महासचिव ईश्वर पोखरेलको प्रस्तावअनुसार विधान छलफलका लागि विधि तय गरेको छ, नयाँ पत्रिकाले खबर छापेको छ ।