२३ जेठ २०८३, शनिबार

पानीको दुःखले बसाइँ सराइ

फागुन २६, २०७४
पानीको दुःखले बसाइँ सराइ
सन्दर्भ तस्वीर

धनगढी, २६ फागुन– गर्मीयामको सुरुवातसँगै कैलालीको चुरे क्षेत्रका पहाडी बस्तीमा पानीको हाहाकार हुन थालेको छ । प्राकृतिक कुवा र धाराका मूल सुक्दै गएपछि पानीकै लागि घण्टौं हिंड्नुपर्ने बाध्यता छ ।

चुरे गाउँपालिका अन्तर्गतका साबिकका ५ गाउँ विकास समितिमा यस्तो हाहाकार भएको हो । पानीको समस्याले कतिपय बस्ती सरेका छन् । स्थानीय बसाइँ सराइ गरेर हिंड्न थालेपछि बस्ती उजाडिएका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका इन्जिनियर गणेश उपाध्यायका अनुसार चुरेमाथिका मात्र नभएर फेंदीका बस्तीमा पनि पानीको अभाव छ । चुरे गाउँपालिका–३ फल्लेबिसौना खानेपानी योजनाको मूल सुकेको छ । ‘गत वर्ष ३० लाखको योजनाबाट ३५ धारा सञ्चालनमा ल्याएका थियौं,’ उनले भने, ‘अहिले मूल नै सुकिसक्यो ।’

चुरे फेंदीको बस्ती गाजरीमा एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निर्माण पूरा भएको गाजरी खानेपानी योजनाको पनि मूल सुकेको छ । ‘यहाँ जमिनको पानी तानेर ओभरहेड ट्यांकीबाट खानेपानी र्पुयाउने गरी पुनः सञ्चालनको तयारी गरिरहेका छौं,’ इन्जिनियर उपाध्यायले भने, कान्तिपुरमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्