१० साउन २०८३, आइतबार

विश्वकप क्रिकेट छनोट : महत्त्वपूर्ण खेलमा नेपालको सामना आज अफगानिस्तानसँग

फागुन २६, २०७४
विश्वकप क्रिकेट छनोट : महत्त्वपूर्ण खेलमा नेपालको सामना आज अफगानिस्तानसँग

काठमाडौं, २६ फागुन- आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो तेस्रो खेलमा आज नेपालले अफगानिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे शुरु हुनेछ ।

शुरुवाती २ खेलमा पराजय भोगेको नेपाल सुपरसिक्समा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाबमा छ । प्रतियोगितामा अप्रत्यासितरूपमा कमजोर प्रदर्शन गरेको अफगानिस्तानले पनि अहिलेसम्म अंक जोड्न सकेको छैन ।

नेपाल रहेको 'समूह बी'बाट स्कटल्याण्डले सुपरसिक्समा स्थान पक्का गरिसकेको छ । बाँकी २ स्थानमा जिम्बाब्वे, नेपाल, हङकङ र अफगानिस्तान सबैको सम्भावना जीवित छ । जिम्बाब्वेले २ खेल जितिसकेको अवस्थामा उसको सम्भावना सबैभन्दा बढी छ । हङकङले पनि १ खेल जितेको छ ।

प्रतियोगिताबाट नेपालले आगामी ४ वर्षका लागि एकदिवसीय मान्यता पक्का गर्ने लक्ष्य राखेको छ । त्यसका लागि आजको खेलमा अफगानिस्तान र सोमबार हङकङलाई हराउनुपर्ने हुन्छ ।

अन्यथा एकदिवसीय मान्यता पाउने सम्भावना क्षिण बन्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्