१० साउन २०८३, आइतबार

अफगानिस्तानविरुद्ध पनि पारसको अर्धशतक, रसिदलाई चौका हान्दै छोए ५० रनको आंकडा

फागुन २६, २०७४
अफगानिस्तानविरुद्ध पनि पारसको अर्धशतक, रसिदलाई चौका हान्दै छोए ५० रनको आंकडा
फाइल फोटो

काठमाडौं, २६ फागुन-आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा पनि कप्तान पारस खड्काले अर्धशतक प्रहार गरेका छन् ।

विश्व नम्बर १ बलर रसिद खानलाई उनको स्पेलको दोस्रो बलमा चौका प्रहार गर्दै पारसले ५० रनको आंकडा पार गरे । यसका लागि ५६ बल खर्चिएका पारसले ७ चौका र १ छक्का हिर्काए ।

यसअघि स्कटल्याण्डविरुद्धको खेलमा पनि पारसले ६३ रनको पारी खेलेका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यो समाचार तयार पार्दासम्म २२ ओभरको समाप्तिमा १ विकेट गुमाएर ८७ रन जोडेको छ । कप्तान पारससँगै उपकप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा छन् ।

शुरुवाती २ खेलमा पराजय भोगेको नेपाल सुपरसिक्समा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाबमा छ । प्रतियोगितामा अप्रत्यासितरूपमा कमजोर प्रदर्शन गरेको अफगानिस्तानले पनि अहिलेसम्म अंक जोड्न सकेको छैन ।

नेपाल रहेको 'समूह बी'बाट स्कटल्याण्डले सुपरसिक्समा स्थान पक्का गरिसकेको छ । बाँकी २ स्थानमा जिम्बाब्वे, नेपाल, हङकङ र अफगानिस्तान सबैको सम्भावना जीवित छ । जिम्बाब्वेले २ खेल जितिसकेको अवस्थामा उसको सम्भावना सबैभन्दा बढी छ । हङकङले पनि १ खेल जितेको छ ।

प्रतियोगिताबाट नेपालले आगामी ४ वर्षका लागि एकदिवसीय मान्यता पक्का गर्ने लक्ष्य राखेको छ । त्यसका लागि आजको खेलमा अफगानिस्तान र सोमबार हङकङलाई हराउनुपर्ने हुन्छ ।

अन्यथा एकदिवसीय मान्यता पाउने सम्भावना क्षिण बन्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्