असार २३, २०७९
हत्यारालाई समयमै पक्रिएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङलाई सम्मान गरेका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी घर भई हाल सुनसरीको इटहरी बस्दै आएकी ७७ वर्षीया तुलसा खड्काको हत्यामा संलग्न...
काठमाडाैं | फागुन २६, २०७४
काठमाडौँ, २६ फागुन– प्रमुख तीन विद्यार्थी संगठनले पछिल्ला दिनमा महिला तथा बालिकामाथिको ज्यादती बढ्दै गएको भन्दै त्यसलाई रोक्न ठोस पहल गर्नुपर्ने मागसहित गृहमन्त्री रामबहादुर थापालाई आज संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका छन् ।
अनेरास्ववियूका अध्यक्ष नवीना लामा, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर र अनेरास्ववियू (क्रन्तिकारी)का अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा गएको विद्यार्थीको समूहले आज गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा २० वर्षीया छात्रामाथि भएको ज्यादती, पर्सामा गतसाता आठ वर्षीया बालिकामाथि भएको बलात्कारलगायत घटनामा संलग्न दोषीलाई तत्काल नियन्त्रणमा लिई हदैसम्मको कारबाही गर्न तथा पीडितलाई उचित न्याय र परिपूरणको प्रबन्ध मिलाउन माग गरिएको छ ।
कानुनको खुकुलोपन र राज्यको दण्डहीनताका कारण बारम्बार यस्ता घटना दोहोरिइरहेको भन्दै त्यसलाई सच्याउन विद्यार्थी संगठनले माग गरेका छन् ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले बलात्कारजस्तो जघन्य अपराधका दोषीलाई कडाभन्दा कडा कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए । उनले बलत्कारमा संलग्नले कहीँकतैबाट उन्मुक्ति नपाउने गरी अनुसन्धान र कारबाहीका काम अघि बढाउन आफूले सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिए ।
गलत क्रियाकलापविरुद्ध सरकार र प्रतिपक्षी नभनी प्रमुख दलका सबै विद्यार्थी संगठन एउटै आवाज लिएर मन्त्रालयमा आएको देख्दा अपराधविरुद्ध लड्न आफूलाई थप ऊर्जा प्राप्त भएको उनको भनाइ छ ।
समाजमा रहेका विकृति, विसंगतिविरुद्ध गृह मन्त्रालयले शुरु गरेको अभियानमा सक्रिय रुपमा साथ दिन गृहमन्त्रीले विद्यार्थी संगठनका नेतालाई आग्रह पनि गरे ।
हत्यारालाई समयमै पक्रिएको भन्दै मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय खोटाङलाई सम्मान गरेका छन् । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी घर भई हाल सुनसरीको इटहरी बस्दै आएकी ७७ वर्षीया तुलसा खड्काको हत्यामा संलग्न...
नेपाली सेनाको आयोजनामा ‘नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरू’ विषयक २ दिवसीय सेमिनार बिहीवार जंगी अडडास्थित सभामण्डप हलमा प्रधान सेनापति प्रभुराम ...
मकवानपुरका १० वटै स्थानीय तहबाट विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) को निःशुल्क रूपमा अनलाइन फाराम भर्न सकिने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालयमा ई&ndas...
बाराको सिम्रौनगढ नगरपालिका १ स्थित ठाडगाउँबाट सशस्त्र प्रहरीले बुधवार एउटा कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय धिरज मुखिया र ३५ वर्षीय अनिल मुखिया छन्। उन...
संखुवासभामा डेंगुको संक्रमणबाट १ जनाको मृत्यु भएको छ । डेंगुको संक्रमणबाट चैनपुर नगरपालिका–५ की ५६ वर्षीया सीतादेवी न्यौपानेको मृत्यु भएको जिल्ला अस्पताल संखुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानक...
रौतहटको ईशनाथ नगरपालिका ६ स्थित चमनाका इलाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख नेपाली रूपैयाँ र १२ हजार ५ सय भारतीय रूपैयाँसहित भारतमा ...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...