०१ असार २०८३, सोमबार

माछा मार्न बिस्फोट गराउँदा इलाममा एकजनाको मृत्यु

फागुन २६, २०७४
माछा मार्न बिस्फोट गराउँदा इलाममा एकजनाको मृत्यु

इलाम, २६ फागुन– इलाममा विष्फोट भएर एकजनाको मृत्यु भएको छ । 

इलाम नगरपालिका–९ पुवाजुङ घर भई भञ्ज्याङमा पसल गर्ने विकास राईको मृत्यु भएको हो । 

राईको आज साँझ इलाम अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

घटना भएको आसपासमा सलाईका काँटीसमेत फेला परेको बताइएको छ । राईले यसअघि पनि ब्लास्टिङ पड्काएर माछा मार्ने गरेको खुलेको प्रहरीको भनाइ छ । 

माछा मार्न ब्लास्टिङ बनाउने क्रममा विष्फोट भएर नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्