३२ असार २०८३, बिहीबार

श्रीमानले गरे श्रीमतीकाे हत्या

फागुन २६, २०७४
श्रीमानले गरे श्रीमतीकाे हत्या

तेह्रथुम, २६ फागुन– तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा निर्माणाधीन मध्यपहाडी लोकमार्गमा शुक्रबार राति श्रीमान्द्वारा श्रीमतीको हत्या भएको छ । 

बर्दिया बासगडी नगरपालिका–५ असनेरी घर भई मध्यपहाडी लोकमार्गकोे आठराई खण्डमा मजदूरीका लागि आएका ४० वर्षीय गोविन्द ओलीले ३० वर्षीया श्रीमती चन्द्रकला ओलीको हत्या गरेको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी प्रमुख डम्बर पुरीले बताए । 

मादकपदार्थ सेवन गरेका श्रीमान्–श्रीमतीबीच भएको विवाद आवेशमा आउँदा श्रीमतीको कञ्चटमा मुक्का प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने श्रीमान्लाई इलाका प्रहरी कार्यालय संक्रान्तिबजारले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको छ । 

शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्तिबजारमा राखिएको छ । ओलीको परिवार गत कात्तिकदेखि केजी निर्माण कन्सल्टेन्सीद्वारा निर्माण भइरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत आठराई सडकखण्डमा मजदूरीका आएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्