
काठमाडौँ, २७ फागुन- संसद्बाट विश्वासको मत लिइसकेपछि प्रधानमन्त्री केपी ओली सरकारलाई पूर्णता दिने तयारीमा रहेको खबर नयाँ पत्रिकामा छापिएको छ ।
ओलीले १४ फागुनमा दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका थिए । हाल मन्त्रिपरिषद्मा एमालेका चार र माओवादीका दुई मन्त्री छन् । फोरम सरकारमा सहभागी हुन तयार देखिए पनि राजनीतिक सहमति भइसकेको छैन । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार फोरम दुई मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने तयारीमा छ । तर, राजपा पनि सरकारमा सहभागी हुन तयार देखिएपछि प्रधानमन्त्री ओली विश्वासको मत लिएपछि राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनसँगै सरकार विस्तारको योजनामा छन् । राजपाले दुई मन्त्रालयमा दाबी गरेको छ ।