१७ असार २०८३, बुधबार

फेसबुको पहुँचमा उपत्यकाका ७२ प्रतिशत बालबालिका

फागुन २७, २०७४
फेसबुको पहुँचमा उपत्यकाका ७२ प्रतिशत बालबालिका

ललितपुर, फागुन २७– सन् २०१७ मा उपत्यकाभित्र गरिएको एक सर्वेक्षणले यहाँका ७२ प्रतिशत बालबालिकाको फेसबुक एकाउन्ट रहेको पाइएको छ । ती बालबालिका दैनिक तीनदेखि चार घण्टासम्म इन्टरनेटमा घोत्लिने गरेको देखिएको छ । 

फेसबुकपछि बालबालिकाहरुको रोजाइमा ‘युट्युब’ परेको छ । ‘भ्वाइस अफ चिल्ड्रेन्ट’ले आयोजना गरेको एक कार्यक्रममा प्रतिमिनेट संसारभरका सात लाख मानिसले फेसबुक लगइन गर्ने र यसमा बालबालिका पर्ने तथ्य सार्बजनिक गरेको छ ।

‘इन्टरनेटमा घन्टौं विताउने बालबालिका नजानिंदो शैलीमा यौनशोषणमा परेको देखिएको छ’, सर्बेक्षणमा सामेल सोही संस्थामा कार्यरत कृति भट्टराईले भनिन्, अन्नपूर्ण पोस्टमा खबर छ।
 

salt training

कमेन्ट गर्नुहोस्