१४ असार २०८३, आइतबार

भारतीय राजदूतलाई देश निकालाको माग गर्दै युवा तथा विद्यार्थी पुगे परराष्ट्र मन्त्रालय, मन्त्रीले दिए यस्तो जवाफ

कात्तिक २०, २०७४
भारतीय राजदूतलाई देश निकालाको माग गर्दै युवा तथा विद्यार्थी पुगे  परराष्ट्र मन्त्रालय, मन्त्रीले दिए यस्तो जवाफ
काठमाडौं, २६ मङ्सिर – नेकपा एमाले, नेकपा माले, जनमोर्चा नेपाल, नेपाल मजदुर किसान पार्टीनिकट युवा तथा विद्यार्थी सङ्गठनका नेताहरुले परराष्ट्रमन्त्री डा प्रकाशशरण महतलाई कूटनीतिक क्षेत्रलाई मर्यादित बनाउन आज ध्यानाकर्षण गराएका छन् ।gyapan
सिंहदरबारस्थित मन्त्री महतको कार्यकक्षमा राजदूत तथा कूटनीतिक क्षेत्रका प्रतिनिधिले देशको राजनीतिमा प्रभाव पार्ने गतिविधिलाई नियन्त्रण गर्न उनीहरूले ध्यानाकर्षण गराएका थिए । सो क्रममा उनीहरुले भारतीय राजदूत रञ्जित रेलाई देशनिकाला गर्नुपर्ने माग समेत गरेकाक थिए ।
युवा सङ्घका अध्यक्ष राजीव पहारीले संविधान संशोधन प्रस्ताव स्वदेशी मामिला भएकाले त्यसप्रति विभिन्न मुलुकका राजदूतले अनावश्यक चिन्ता गर्न आवश्यक नरहेको बताए ।
अनेरास्ववियुका अध्यक्ष नवीना लामाले राजदूतले चाहेमा जुनसुकै नेतालाई जहिले पनि भेट्ने अवस्थाको अन्त्य गरी सम्बन्धित मुलुकको आवश्यकता र शिष्टाचारका आधारमा चरणबद्ध रुपमा भेट गर्ने व्यवस्थाको माग गरिन् ।
मन्त्री महतले युवा तथा विद्यार्थीले मुलुकको राष्ट्रियताप्रति देखाएको चिन्ताको सराहना गर्दै कूटनीतिक क्षेत्रलाई थप मर्यादित र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी अनेरास्ववियुका विद्यार्थी नेता आरसी लामिछानेले जानकारी दिए ।
सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएपछि विभिन्न मुलुकका राजदूतले अस्वाभाविक चासो राख्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्