
काठमाडौं, २७ फागुन — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा हुने बिमस्टेक सम्मेलनको चौथो चरणमा भाग लिन काठमाडौं आउनसक्ने सम्भावना रहेको भारतको द टाइम्स अफ इन्डिया पत्रिकाले लेखेको छ ।
दिल्लीका निकटवर्ती छिमेकीहरू भुटान र बंगलादेशमा आमनिर्वाचन हुन लागेको अवसरमा मोदीले ती देशको भ्रमण गर्दैछन् ।
त्यसै क्रममा दिल्लीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्ने सम्भावना छ । नेपालको आमनिर्वाचनपछि दिल्ली र काठमाडौंबीच सम्बन्धमा न्यानोपन आएको पत्रिका लेख्छ । अनि मोदी आफैं पनि सन् २०१८ मै
काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा भाग लिन सक्छन् ।
चीनले दक्षिण एसियाली क्षेत्रमा उपस्थिति बढाउँदै जाँदा भारतका प्रधानमन्त्रीले सम्बन्ध सुधारको पहल गरिरहेका हुन् ।