०९ साउन २०८३, शनिबार

रोष्टममा उभिएर ओलीले भने– ‘राष्ट्रिय गौरव र स्वाभिमानलाई माथि उठाउने गरी काम गर्छौं ’

फागुन २७, २०७४
रोष्टममा उभिएर ओलीले भने– ‘राष्ट्रिय गौरव र स्वाभिमानलाई माथि उठाउने गरी काम गर्छौं ’

काठमाडौं २७ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रिय गौरव र स्वाभिमानलाई माथि उठाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । 

प्रतिनिधि सभाको पहिलो बैठकलाई आइतवार सम्वोधनगर्दै प्रधानमन्त्री ओलीले चुनावको समयमा जनतासामु गरिएका प्रतिबद्धता कार्यान्वयनमा कुनै तलमाथि नगर्ने बताएका हुन् । 

‘हामी राष्ट्रियतालाई सवल बनाउन चाहान्छौ । सार्वभौम सत्ता, स्वाधिनता र राष्ट्रिय गौरव र स्वाभिमानलाई माथि उठाउने गरी काम गछौं’ ओलीले भने ।

प्रधानमन्त्री बनेपछिको पहिलो संसद सम्वोधनका क्रममा ओलीले चुनावमा गरेका प्रतिबद्धता कार्यान्वयनमा कुनै तलमाथि नहुने बताए ।

चुनावको समयमा पक्ष विपक्षमा तर्क वितर्क भएपनि देश र जनताका निम्ति बलिदानीपूर्ण संघर्ष गरेका दलहरु मिलेर अगाडि बढ्ने बताए । 

प्रधानमन्त्री ओलीले आइतवार विश्वासको मत लिने छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्