२० असार २०८३, शनिबार

विश्वकप क्रिकेट छनोटः नेपाल हङकङलाई जित्नैपर्ने दबाबमा

फागुन २८, २०७४
विश्वकप क्रिकेट छनोटः नेपाल हङकङलाई जित्नैपर्ने दबाबमा

काठमाडौं, २८ फागुन– आईसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत नेपालले आज हङकङसँग खेल्दै छ । यसअघिका तीन खेलमा पराजित भएको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ । 

जिम्बावेमा जारी प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा नेपालले हङकङसँग खेल्न लागेको हो । शुरुवाती तीन खेलमा जिम्बाबे, स्कटल्याण्ड र अफ्गानिस्तानसँग हारेको नेपाल आज पहिलो जितको खोजीमा मैदानमा उत्रदै छ । 

तेस्रो खेलमा पनि पराजित भएपछि नेपालको सुपर सिक्समा पुग्ने सम्भावना निकै कमजोर बनेको छ । सम्भावना अब अंक गणितमा मात्र सीमित छ । अझै ठूलो खतरा त के देखिएको छ भने समूहको अन्तिम खेलमा हङकङलाई पराजित गर्न नसके नेपाल प्लेअफअगावै ’डिभिजन टू’मा घटुवा हुने खतरा छ ।

समूहमा लगातार तीन खेल हारेको नेपालले सुपर सिक्समा पुग्ने सम्भावना बाँकी राख्न आज हङकङलाई फराकिलो अन्तरले हराउनुपर्छ । तर झिनो अन्तरमै हङकङलाई हराएको खण्डमा पनि नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना भने बाँकी नै रहन्छ । 

त्यसका लागि समूह ए को खेलमा पनि भर पर्नुपर्ने हुन्छ । एसोसिएट राष्ट्रहरु स्कटल्याण्डजस्तै समूह ए बाट युएई र बी बाट हङकङले सुपरसिक्समा स्थान बनाए नेपालको एक दिवसीय मान्यता पाउने बाटो सकिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्