०२ असार २०८३, मंगलबार

गृहमन्त्री थापा विमानस्थल पुगे

फागुन २८, २०७४
गृहमन्त्री थापा विमानस्थल पुगे

काठमाडौं, २८ फागुन– गृहमन्त्री रामबहादुर थापा विमान दुर्घटनाबारे बुझ्न विमानस्थल पुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको थियो ।  

एयर बङ्लाको विमान अवतरणका क्रममा रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो । विमानमा ६७ यात्रु सवार थिए ।

दुर्घटनामा परेसँगै विमानमा आगलागी भएको छ । विमानमा रहेका यात्रुको उद्धारका लागि विमानस्थलका कर्मचारी, सुरक्षा निकाय लागिरहेका छन् । 

विमानमा रहेका यात्रुको उद्धारका लागि विमानस्थलका कर्मचारी, सुरक्षा निकाय लागिरहेका छन् । आगो नियन्त्रणका लागि काठमाडौं, ललिपुरबाटसमेत दमकल गएका छन् । 

विमानमा रहेका करिब १२ जनाको उद्धार गरिएको र अन्यको उद्धार भइरहेको विमानस्थलका अधिकारीहरुले जनाएका छन् । घाइतेहरुलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्