
काठमाडौं, २८ फागुन- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बंगलादेशी विमान दुर्घटनामा परेपछि अन्तर्राष्ट्रिय विमान डाइभर्ट गरिएका छन् ।
अवतरणका क्रममा दुर्घटनामा परेको एयर बंगलाको विमानका यात्रुलाई उद्धार गर्ने क्रममा रहेकाले विमानस्थलमा अवतरण हुनुपर्ने अन्तर्राष्ट्रिय विमान डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
उद्धार कार्य जारी छ । ६७ जना यात्रु र चालकदलका ४ सदस्यसहित ७१ जना रहेको विमान दुर्घटनामा परेको हो । मानवीय क्षतिको पुष्टि नभए पनि कैयन हताहत भएको हुनसक्ने आशंका गरिएको छ ।
ढाकाबाट आएको विमान दिँउसो २ बजेर २० मिनेटमा रनवेबाट बाहिर जाँदा दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।