
काठमाडौं, २८ फागुन– नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देक सञ्जिब गौतमले दुर्घटनाग्रस्त एयर वांग्ला विमान भित्र रहेका यात्रु मध्ये १७ जनालाई जिवितै उद्दार गरिएको लोकान्तर डटकमलाई वताएका छन् ।
‘विमानमा रहेका केही यात्रुको निधन भएको पक्का हो तर कतिको निधन भयो अहिले नै यसै भन्न सकिन्न,’ उनले भने ।
उद्दार कार्य तदारुकतासाथ भइरहेको उनले बताए । तर दुर्घटनाको कारण उनले खुलाउन सकेनन् ।
एयर बङ्लाको विमान अवतरणका क्रममा रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो ।
ढाकाबाट आएको विमान दिँउसो २ बजेर २० मिनेट मा दुर्घटनामा परेको हो । विमानमा ६७ यात्रु र चालक दलका ४ सदस्य थिए ।