
काठमाडौं, २८ फागुन– वंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको यूएस बंङ्ला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।
विमान अवतरणका क्रममा रनवेबाट उछिट्एिपछि आगलागी भएको थियो ।
दुर्घटनाग्रस्त विमानबाट २३ जनाको शव निकालिएको विमानस्थल पुगेका डिआईजी वम बहादुर भण्डारीले लोकान्तरलाई जानकारी दिए । १६ जनालाई उद्धार गरिएको छ । घाइतेलाई सिनामंगल नर्भिक लगायतका अस्पताल लगिएको छ । विमान दुर्घटनामा उद्धार गरि सिनामंगल अस्पतालमा लगिएका मध्ये ८ जना नेपाली रहेको अस्पतालमा खटिएको प्रहरीले जनाएको छ । जसमध्ये सजन देवकोटाको मात्र पहिचान भएको छ ।