०४ असार २०८३, बिहीबार

BREAKING: ‘कन्ट्रोल रुम’को निर्देशन नमान्दा विमान दुर्घटना भयो–विमानस्थल

फागुन २८, २०७४
BREAKING: ‘कन्ट्रोल रुम’को निर्देशन नमान्दा विमान दुर्घटना भयो–विमानस्थल

काठमाडौं, २८ फागुन– वंगलादेशबाट काठमाडौंका लागि उडान भरेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । 

विमानमा ३३ जना नेपाली सहित ६७ जना यात्रु र चार जना चालक दलका सदस्य थिए । जसमध्ये २ दर्जन बढीको हताहती भएको छ । घाइतेको उद्धारगरिएको छ । उनीहरुको सिनामंगलको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ । 

विमान दुर्घटनापछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा विमानस्थलका मेनेजर राजेन्द्र क्षेत्रीले धावन मार्गको पूर्वतर्फ विमान दुर्घटना ग्रस्त भएको बताए । 
 

यस्तो छ विमान दुर्घटनाको कारण

मेनेजर क्षेत्रीका अनुसार विमान नियन्त्रण कक्ष( कन्ट्रोल रुम)को निर्देशन नमान्दा विमान दुर्घटनामा परहेको हो । प्राविधिक भाषामा ९ नर्टिकल माइलबाट आइसकेपछि टावरले चालक दलका सदस्यलाई जिरो पोइन्ट २ (कोटेश्वर तर्फ) बाट अवतरण गर्न निर्देशन दिएको थियो । तर पाइलटले ‘म २ प्वाइन्ट जिरोबाट ल्याण्ड गर्छु भन्दै उत्तर तिर(वौद्धतर्फ) बाट ल्याण्ड गर्न खोज्दा विमान दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको मेनेजर क्षेत्रीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्