२५ असार २०८३, बिहीबार

बोक्सी आरोपमा कुटपिट काण्ड : मिलापत्र गराइएको भन्दै मेयर चौधरीमाथि गोली प्रहार

फागुन २८, २०७४
बोक्सी आरोपमा कुटपिट काण्ड : मिलापत्र गराइएको भन्दै मेयर चौधरीमाथि गोली प्रहार

धनगढी, २८ फागुन- अज्ञात समूहको आक्रमणबाट कैलाली, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी घाइते भएका छन्  । 

नगरपालिकाको सुख्खड बजारस्थित उनकै ज्ञात समूहले आज साँझ उनीखुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए  । प्रमुख चौधरीलाई उपचारका लागि घोडाघोडी अस्पतालमा लगिए पनि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिए  । उनको खुट्टा र कम्मरमा गोली लागेको छ । त्यस्तै टाउकामा खुकुरी प्रहार भएको छ । 

नगरपालिका, देउकलिया गाउँमा गत बिहीबार राधा चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट गरिएको घटनालाई गाउँमै मिलाउन खोजी प्रहरी कार्यालयमा उजुरी गर्न नदिएको आरोप प्रमुख चौधरीलाई लागेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्