०१ असार २०८३, सोमबार

जसले युएस बंगला ल्याए, उनैको ज्यान गयो

फागुन २९, २०७४
जसले युएस बंगला ल्याए, उनैको ज्यान गयो

काठमाडौँ, २९ फागुन - दुई वर्षअघि नेपालमा युएस–बंगला एयरलाइन्सको उडान सुरु गराउँदा शंकर पौडेल निकै उत्साही थिए । बंगलादेश हुँदै नेपाललाई अमेरिकासम्मको हवाई रुटमा जोड्न पाएकोमा उनी गर्व गर्थे । पौडेलको नमस्ते ट्राभल कम्पनी नै युएस–बंगला एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) थियो, नयाँ पत्रिकामा खबर छ ।

 तर, नेपालमा युएस–बंगला भित्राउने पौडेलले सोही जहाज दुर्घटनामा परी ज्यान गुमाउनुपर्‍यो । ‘जसले युएस–बंगला नेपालमा ल्याए, उनै सोही विमान दुर्घटनामा बिते,’ नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा पौडेलका साथी भरतराज आचार्यले भने ।

salt training

कमेन्ट गर्नुहोस्