
डोटी, २९ फागुन– डोटीको शिखर नगरपालिका २ की धौली नेपालीको घरमा पक्की चर्पी छ तर उहाँ महिनामा पाँच दिन दिसा पिसाब गर्न नजिकैको खुला ठाउँ रोज्नुहुन्छ ।
धौली मात्र होइन सो वडाका प्रायः महिला महिनावारी हुँदा घरमा भएको शौचालय प्रयोग नगरी खोलानाला र खुला ठाउँमा दिसा गर्न जानुहुन्छ । छाउपडी प्रथाका कारण महिलाले महिनावारी हुँदा शौचालय प्रयोग नगरी खुला रोज्ने गरेका हुन् ।
सुदूरपश्चिममा महिला महिनावारी हुने प्रक्रियालाई छाउ हुने भनिन्छ । छाउपडी प्रथाका कारण महिलाले महिनावारी भएको समयमा शौचालय अशुद्ध हुने मान्यताका कारण अधिकांश महिलाले महिनावारी हुँदा शौचालय प्रयोग गर्दैनन् ।, गोरखापत्रमा खबर छ ।