०२ असार २०८३, मंगलबार

उत्तर कोरियामाथिको नाकाबन्दी उल्लंघनबारे अनुसन्धान जारी

फागुन २९, २०७४
उत्तर कोरियामाथिको नाकाबन्दी उल्लंघनबारे अनुसन्धान जारी

काठमाडौं, २९ फागुन– सिंगापुरको कम्पनीले उत्तर कोरियालाई विलासिताका सामान निर्यात गरेको दाबी गरिएको छ । संयुक्त राष्ट्रसंघमा चुहिएको प्रतिवेदनमा यस्तो दाबी गरिएको हो । 

सिंगापुरको कम्पनीले नाकाबन्दी उल्लंघन भएको प्रमाणित भए यस्तो कार्य एसियाबाट विस्तार भएको हुन सक्ने आशंका जन्माउने बताइएको छ । उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय नाकाबन्दी छ । यससम्बन्धी अन्तिम रिपोर्ट सुरक्षा परिषद्मा पेश गरिसकिएको छ ।

सिंगापुर सरकारले घटनाबारे सचेत रहेको भन्दै अनुसन्धान शुरु गरेको छ । राष्ट्रसंघ र सिंगापुर दुबैले उत्तर कोरियामाथि सामान बिक्रीमा प्रतिबन्ध लगाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्