२३ असार २०८३, मंगलबार

म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै, उपाधि जित्ने संभावना बलियो

फागुन २९, २०७४
म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै, उपाधि जित्ने संभावना बलियो

काठमाडौं, २९ फागुन– इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत भएको खेलमा स्टोक सिटीलाई हराउँदै म्यान्चेस्टर सिटीले उपाधि जित्ने संभावना बलियो पारेको छ । जितसँगै म्यान्चेस्टर सिटीले तालिकाको दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँगको अंक दुरी बढाएर १६ अंक पुर्याएको छ ।

स्टोक सिटीको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी २–० ले विजयी भयो । खेलमा पाहुना टोलीलाई विजयी गराउन दुवै गोल डेभिड सिल्भाले गरे । ३० खेलबाट ८१ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा कायमै छ । 

समान खेलबाट ६५ अंक जोडेको म्यानचेस्टर युनाईटेड दोस्रो स्थानमा छ । तेस्रो स्थानको टोटनह्याम हट्सपरको ६१ अंक छ भने ६० अंकको साथ लिभरपुल चौथो तथा ५६ अंकसहित चेल्सी पाँचौ स्थानमा सेमटिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्