०८ असार २०८३, सोमबार

ग्यास बुलेट त्रिशूलीमा खस्याे, चालकको मृत्यु

फागुन २९, २०७४
ग्यास बुलेट त्रिशूलीमा खस्याे, चालकको मृत्यु

चितवन, २९ फागुन-मुग्लिनबाट नारायणगढ आउँदै गरेको भारतीय नंको ग्यास बुलेट त्रिशूली नदीमा गए राति खस्दा भारतीय चालकको मृत्यु भएको छ । 

इच्छाकामना गाउँपालिका–६ पाँचकिलो भन्ने ठाउँबाट केएओ १ एएच२५९६ नंको बुलेट राति ९ः३० बजे त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चालकको बुलेटले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । उनको नाम वतन खुल्न सकेको छैन । उनी भारतीय भएको प्रहरीले अनुमान गरेको छ । बुलेट खाली रहेको र अन्य यात्रु नरहेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्