
काठमाडौं, २९ फागुन– न्यायाधीश र न्याय परिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गर्दै सर्वोच्च अदालतमा पेश भएको रिट बारे आज निर्णय हुने भएको छ ।
अधिवक्ता सुनील रञ्जन सिंहले सोमबार रिट पेश गरेका हुन् । अधिवक्ता सिंहका अनुसार सर्वोच्च प्रशासनले रिट दर्ताका विषयमा आज निर्णय दिने बताएको छ ।
न्याय परिषद ऐन २०७३ को दफा २ (८) अनुसार न्याय परिषदको सदस्य र न्यायाधीशको सम्पत्ति न्याय परिषदमै गोप्य राख्नु गलत भएको जिकिर निवेदनमा गरिएको छ । कानुनी व्यवस्था अनुसार अहिलेसम्म न्यायाधीशको सम्पत्ति गोप्य राखिने गरिएको छ ।
खामवन्दी रुपमा न्याय परिषदमा सम्पत्ति विवरण बुझाएपछि उक्त विवरण सार्वजनिक गर्ने प्रचलन छैन ।