०६ असार २०८३, शनिबार

यस्तो ठाउँ जहाँ करोडपतिको लागि पनि बस्ने ठाउँ छैन

फागुन २९, २०७४
यस्तो ठाउँ जहाँ करोडपतिको लागि पनि बस्ने ठाउँ छैन

विश्वका हरेक देशमा धनी मानिसलाई निमन्त्रण गरिन्छ । आफ्नो ठाउँमा आएर लगानी गर्नका लागि निमन्त्रण गर्ने गरिन्छ । 

तर यस्तो पनि देश छ जहाँ अब धनीको प्रवेश रोकिएको छ । 

 यस्तो देश जसको क्षेत्रफल २ वर्ग किलोमिटर छ । जहाँको सडक खुल्ला र शान्त छ । गल्लिहरुमा फोहर छैन त्यहाँका मानिसलाई कर तिर्नु पनि पर्दैन । 

एक यस्तो क्षेत्र जहाँ कार रेसिङ तथा जहाज कुदाउनमा व्यस्त हुन्छ । कही जानका लागि मानिसले ट्याक्सीको सट्टा हेलिकप्टरको प्रयोग गर्छन् । 

एक यस्तो देश जहाँ हरेक मानिस करोडपति छन् । गरिबीसँग जुधिरहेको विश्वमा यस्तो सानो भूभाग छ जसको नाम हो मोनाको । 

एक शहर बराबरको देश जो फ्रान्स को भूमध्य सागरको तट वाला क्षेत्रमा रहेको छ । विश्वका धनी मानिस यहाँ आफ्नो बसोबास बनाउनका लागि बेचैन हुन्छन् । समुद्री  तटको मनमोहकताले धनीहरुलाई आफ्नो तर्फ खिचिरहेको छ । 

यो शहरमा धनीहरुको बस्ती बढ्दै गएपछि धनीहरुकोलागि बसोबास मिलाउनका लागि समुन्द्रमा द्वीप बनाइरहिएको छ । 

मोनाकोलाई विश्वका धनीहरुको राजधानीका रुपमा चिनिन्छ । जसका कारण यहाँका मानिसको औसत आम्दानी करोडमा हुने गरेको छ । 

यदी तपाई फ्रान्सको भूमध्य सागरको तटको किनारा किनारा हिड्नु भयो भने पत्थर भएको समुद्री किनाराका बीचमा सूर्यको ताप बाट जोगिनका लागि छानाहरु छाएको देख्नुहुन्छ । तर अलि अगाडि बढ्नुभयो भने तपाई अग्ला

अग्ला भवनहरुलाई जंगलले घेरिएको देख्नसक्नुहुन्छ । जहाँ विश्वकै सवैभन्दा राम्रा गाडी, राम्रो सडक, क्यासिनोहरु देख्न सक्नुहुन्छ । 

मोनाको मा अहिले घरहरुको मूल्य ६७ हजार प्रति बर्ग मिटर देखिलिएर १ लाख ५० हजार बर्गमिटरको बीचमा रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्