०२ असार २०८३, मंगलबार

विमानचालक आबिद सुल्तानको मृत्यु

फागुन २९, २०७४
विमानचालक आबिद सुल्तानको मृत्यु

काठमाडौं, २९ फागुन — काठमाडौंमा सोमवार दुर्घटनाग्रस्त भएको यूएस–बंगला विमानका चालक आबिद सुल्तानको मृत्यु भएको छ । 

उनलाई घटनास्थलबाट उद्धार गरेर काठमाडौं मेडिकल कलेजमा उपचार गराइएको थियो । उपचारकै क्रममा उनको सोमवारै मृत्यु भएको थियो । 

अस्पताल अधिकारीहरूले मंगलवार मृत्युको पुष्टि गरे । अस्पताल प्रवक्ता शर्मिलाले आबिदको मृत्यु सोमवार भएको बताइन् ।

उनको कोपाइलट पृथुला रशिदको घटनास्थलमै मृत्यु भएको थियो । 

बम्बार्डियर ड्याश ८ क्यू४०० विमानमा ६७ यात्रु र चारजना चालकदलका सदस्य थिए । ढाकाबाट काठमाडौं आएको विमान विमानस्थलमै दुर्घटनाग्रस्त भएको थियो ।

ढाका ट्रिब्यूनबाट
 

salt training

कमेन्ट गर्नुहोस्