
रेड सीले घेरिएको इजिप्टको शहर दहाबमा एक यस्तो अचम्म भयो जसलाई देख्ने सबै अचम्ममा परे ।
समुन्द्र किनारमा एक महिला समुन्द्री छालमा नुहाएर रमाइलो गरिरहेकी थिइन् त्यतिनै बेला उनले बच्चालाई जन्म दिइन् ।
उनले बच्चा जन्माउन शुरु गरेपछि दुई जनाले महिलालाई ‘अन्डर वाटर डेलिभरि’ गराए ।

पानी भित्रबाट उनीहरुले बच्चालाई निकाले । यो दृश्य नजिकै रहेको एक रिसोर्टमा केही मानिसले आफ्नो क्यामरामा कैद गराएका थिए । जुन तस्विर उनीहरुले सामाजिक सञ्जालमा पोस्ट गरे जुन भाइरल समेत भयो ।
फोटोमा डेलिभरीपछि एक व्यक्ति बच्चालाई हातमा उठाएर समुन्द्रबाट बाहिर ल्याउँदै छन् ।
