०७ असार २०८३, आइतबार

साउदी अरेबियाले दियो यस्तो चेतावनी

चैत २, २०७४
साउदी अरेबियाले दियो यस्तो चेतावनी

काठमाडौं, २ चैत– साउदी अरेबियाले परमाणु बम बनाउने चेतावनी दिएको छ । अमेरिकी च्यानल सीबीएस न्यूजसँगको कुराकानीमा साउदी अरबका रक्षामन्त्री समेत रहेका युवराज मोहम्मद बिन सलमानले इरानले परमाणु बम बनाए आफूहरुले पनि त्यस्तै बम बनाउने चेतावनी दिएका हुन् ।

राजकुमार सलमानले आफ्नो देशले परमाणु हतियार राख्न नचाहे पनि इरानले परमाणु बम बनाए आफूहरुले पनि चाँडै त्यस्तै बम बनाउन सक्ने बताए । साउदी अरेबिया अमेरिकाको प्रमुख सहयोगी राष्ट्र हो । 

उसले सन् १९८८ मा परमाणु हतियारविरोधी सन्धिमा हस्ताक्षर पनि गरेको छ । मध्यपूर्वी क्षेत्रमा साउदी अरब र इरान परम्परागत रुपमै विरोधी मुलुक हुन् । 

salt training

कमेन्ट गर्नुहोस्