०२ असार २०८३, मंगलबार

आकाशबाट एकाएक हजारौं किलो सुनको वर्षा भएपछि

आकाशबाट एकाएक हजारौं किलो सुनको वर्षा भएपछि

रुसको सवैभन्दा चिसो शहर याकुट्सका मानिस त्यतिखेर हैरान भए जति बेला आफ्नो नजिक आकाशबाट सुन वर्षा भइरहेको थाहा पाए ।

शहरको प्रहरीपनि तत्काल सक्रिय भयो र आपतकालिन अनुसन्धान अप्रेशन शुरु ग¥यो । 

मानिस आश्चर्यमा थिए कि आखिर आकाशबाट कसरी सुनको वर्षा भो भनेर । 

चाडैं नै सवैलाई हैरान पार्ने वाला तथ्य सार्वजनिक भयो । 

समाचरका अनुसार याकुट्स एयरपोर्टबाट एक कार्गो विमान ३ हजार किलो सुन लिएर जाँदै थियो । तर उडान शुरु गरेको केही बेर पछि नै कार्गो विमानको तलपटिको ढोका अप्रत्याशित रुपमा खुस्कियो । जसका कारण विमान भएको सुन आकाशबाट जमिन तर्फ खस्यो । 

२६ किलोमिटर सम्म खस्यो सुन

समाचारहरुका अनुसार उडान शुरु गरेपछि पाइलटलाई यो समस्या बारे जानकारी भयो ।

उनले इमरजेन्सी ल्याण्डिङको फैसला गरे । तर यति बेरमा विमानले रनवेबाट २६ किलोमिटर टाढा पुगेको थियो । 
समाचारहरुका अनुसार यो सुन एक सुन कम्पनी द्वारा प्रशोधनको लागि लाँदै थियो ।

यसमा सुनका साथ साथै अर्वो रुपैयाँ मूल्यको हीरा पनि रहेको अनुमान गरिएको छ । 

साइबेरियन टाइम्सका अनुसार प्लेन जहाँ जहाँबाट गएको थियो त्यहाँको हाइवेलाई प्रहरीले सील गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्