१८ असार २०८३, बिहीबार

नगरपालिकाका प्रमुखको तलब ३५ हजार, गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षहरुको तलब सुविधा कति ?

नगरपालिकाका प्रमुखको तलब ३५ हजार, गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्षहरुको तलब सुविधा कति ?

हेटौँडा, २ चैत -  प्रदेश नं ३ का सरकारले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको छ । 

प्रदेश नं ३ को मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले स्थानीय जनप्रतिनिधिको तलब सुविधा निर्धारण गरेको हो । 

स्थानीय तहका जनप्रतिनिधिको तलब सुविधा सम्बन्धी विधेयक बैठकबाट पास गरेर संसद्मा पेश गर्न लागिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताउनुभयो । 

प्रदेश नं ३ का सरकारले महानगरपालिकाका प्रमुखको तलब रु ४६ हजार निर्धारण गरेको छ । यसका साथै महानगर प्रमुखलाई रु तीन हजार सञ्चार सुविधा थप हुनेछ । दैनिक भ्रमण भत्ता रु दुई हजार तोकिएको छ भने विदेश जाँदा दैनिक २०० डलर पाउने विधेयकमा उल्लेख छ । यात्रा बीमा रु १० लाखको हुने जनाइएको छ । उपप्रमुखले रु ४० हजार र वडाध्यक्षले रु २८ हजार पाउने व्यवस्था सो विधेयकमा उल्लेख छ । 

यस्तै उपमहानगरका प्रमुखले रु ४० हजार २०० र उपप्रमुखले रु ३५ हजार तलब पाउनुहुनेछ भने वडाध्यक्षले रु २५ हजार पाउनुहुनेछ । त्यस्तै, नगरपालिकाका प्रमुखले रु ३५ हजार, उपप्रमुखले रु ३१ हजार र वडाध्यक्षले रु २२ हजार तलब पाउनुहनेछ । 

गाउँपालिकाका अध्यक्षले रु ३१ हजार, उपाध्यक्षले रु २७ हजार र वडाध्यक्षले रु २० हजार पाउनुहने विधेयकमा उल्लेख छ । 

यसैगरी जिल्ला समन्वय समितिका प्रमुखले पनि महानगरका प्रमुख सरह रु ४६ हजार तलब पाउनुहनेछ भने उपप्रमुखले रु ४० हजार २०० पाउनुहुने व्यवस्था सो विधेयकमा उल्लेख छ । यसबाहेक मासिक सञ्चार सुविधाका साथै दैनिक भ्रमण भत्ता, विदेश जाँदा दैनिक भत्ता पनि पाउनुहुने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्