०९ साउन २०८३, शनिबार

डीभी/पीआरधारी कर्मचारी तह लगाएका लालबाबुलाई पुन: सामान्य प्रशासन मन्त्रालय

डीभी/पीआरधारी कर्मचारी तह लगाएका लालबाबुलाई पुन: सामान्य प्रशासन मन्त्रालय

काठमाडौं, २ चैत- आफ्नो पहिलो कार्यकालमा डीभी/पीआरधारी कर्मचारीलाई तह लगाएर लोकप्रिय बनेका लालबाबु पण्डितले पुन: सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

प्रधानमन्त्री केपीशर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा पण्डितलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

यसअघि नै प्रधानमन्त्री ओलीसंगै शपथ लिएका लालबाबुले हाल वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रधानमन्त्रीले लालबाबुको जिम्मेवारी हेरफेर गर्दै उनले पहिले सम्हालेकै मन्त्रालय दिन लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्