०१ असार २०८३, सोमबार

लालबाबु पण्डितले सम्हाले नयाँ मन्त्रालयको जिम्मेवारी : आयो यस्तो प्रतिक्रिया

लालबाबु पण्डितले सम्हाले नयाँ मन्त्रालयको जिम्मेवारी : आयो यस्तो प्रतिक्रिया

काठमाडौँ, २ चैत - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी लालबाबु पण्डितले पाउनुभएको छ । 

यसअघि जनसंख्या तथा वातावरणमन्त्री रहनुभएका पण्डितले आज भएको मन्त्रिमण्डल विस्तारबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो । 

स्थानीय विकास मन्त्रालय र सामान्य प्रशासन मिलेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेको हो । 

जिम्मेवारी पाएसँगै उहाँले आज मन्त्रालयमा आई कार्यभार समाल्नुभएको छ । कार्यभार समाल्दै उहाँले कर्मचारीलाई मुलुकको सुशासनमा दृढ भएर लाग्न आग्रह गर्नुभयो । 

उहाँले संघीय व्यवस्थाको जग बसाउने जिम्मेवारी यस मन्त्रालयको रहेको भन्दै सबैले इमान्दारितापूर्वक काम गरी कर्मचारीतन्त्रको व्यावसायिक मूल्यमान्यता अनुरुप काम गर्नुपर्ने बताउनुभयो । 

उहाँले स्थानीय सरकार जनताको घरदैलोमा पुग्ने गरी मन्त्रालयले समन्वयकारी ढंगले काम गर्नसमेत निर्देशन दिनुभयो । 

उहाँले स्थानीय राजपत्र प्रकाशनसम्बन्धी कार्यविधि–२०७२ को नमूना स्वीकृत गर्नुभयो । 

उहाँलाई मन्त्रालयका सचिव दिनेशकुमार थपलिया र शंकर कोइरालालगायतले स्वागत गर्नुभएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्