२६ असार २०८३, शुक्रबार

नेदरल्याण्ड्स मध्यम स्कोरतर्फ अग्रसर, दबाब बढाउँदै नेपाल

नेदरल्याण्ड्स मध्यम स्कोरतर्फ अग्रसर, दबाब बढाउँदै नेपाल

काठमाडौं, ३ चैत-आईसीसी विश्वकप क्रिकेट छनोटमा सातौं स्थानका लागि जारी प्लेअफमा नेदरल्याण्ड्स मध्यम स्कोरतर्फ अग्रसर भएको छ । यद्यपि नेपाली बलरले दबाब पनि कायम राखेका छन् ।

यो समाचार तयार पार्दासम्म ३९ ओभरमा नेदरल्याण्ड्सले ७ विकेट गुमाएर १२९ रन जोडेको छ । नेपालका लागि सोमपाल कामीले ३ तथा सन्दीप लामिछाने र ललित राजवंशीले २-२ विकेट लिएका छन् ।

एक दिवसीय मान्यता पक्का गरिसकेकाले दुवै टोलीका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हो ।

सुपर सिक्समा स्थान बनाउन असफल नेपालले आफ्ना पछिल्ला २ खेल जित्दै आईसीसीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो । नेदरल्याण्ड्सले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिप जित्दै एक दिवसीय मान्यता पक्का गरेको थियो ।

नेपालले पपुवान्युगिनी र नेदरल्याण्ड्सले हङकङलाई पराजित गर्दै सातौं स्थानको प्ले अफ भेट पक्का गरेका हुन् ।

दुई वर्षअघि आईसीसी लिग च्याम्पियन्सिपमा भएको एक भेटमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो भने अर्को भेटमा नेपाल निरास बनेको थियो ।

अब नेपाल र नेदरल्याण्ड्स विश्व क्रिकेटका शीर्ष १६ मध्येका टीम हुन् । जसमा अष्ट्रेलिया, भारत, पाकिस्तानसहितका १२ टेस्ट राष्ट्र पनि सामेल छन् ।

salt training

कमेन्ट गर्नुहोस्