१० साउन २०८३, आइतबार

विश्वकप छनोटमा सातौं स्थान प्राप्त गर्न नेपालले पायो १९० रनको लक्ष्य

विश्वकप छनोटमा सातौं स्थान प्राप्त गर्न नेपालले पायो १९० रनको लक्ष्य

काठमाडौं, ३ चैत- आईसीसी विश्वकप क्रिकेट छनोटमा सातौं स्थान हात पार्न नेपालले नेदरल्याण्ड्सबाट १९० रनको विजयी लक्ष्य पाएको छ । जिम्बाब्वेको क्वेक्वे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १८९ रन जोड्यो ।

उसका लागि बस डे लीडले सर्वाधिक ३९ तथा म्याक्स ओ'डोडले २८ रनको योगदान गरे ।

नेदरल्याण्ड्सलाई मध्यम स्कोरमा रोक्ने क्रममा सोमपाल कामीले ४ तथा सन्दीप लामिछाने, ललित राजवंशीले २-२ तथा शक्ति गौचनले १ विकेट लिए ।

एक दिवसीय मान्यता पक्का गरिसकेकाले दुवै टोलीका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हो ।

सुपर सिक्समा स्थान बनाउन असफल नेपालले आफ्ना पछिल्ला २ खेल जित्दै आईसीसीको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो । नेदरल्याण्ड्सले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सिप जित्दै एक दिवसीय मान्यता पक्का गरेको थियो ।

नेपालले पपुवान्युगिनी र नेदरल्याण्ड्सले हङकङलाई पराजित गर्दै सातौं स्थानको प्ले अफ भेट पक्का गरेका हुन् ।

दुई वर्षअघि आईसीसी लिग च्याम्पियन्सिपमा भएको एक भेटमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको थियो भने अर्को भेटमा नेपाल निरास बनेको थियो ।

अब नेपाल र नेदरल्याण्ड्स विश्व क्रिकेटका शीर्ष १६ मध्येका टीम हुन् । जसमा अष्ट्रेलिया, भारत, पाकिस्तानसहितका १२ टेस्ट राष्ट्र पनि सामेल छन् ।

salt training

कमेन्ट गर्नुहोस्